बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनमा तस्करी गरेर पु-याएको यो जीवमा कोभिड–१९सँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि

शुक्रबार, १४ चैत २०७६, ०८ : १०
शुक्रबार, १४ चैत २०७६

चीनमा तस्करी गरेर पु–याएको पेंगोलिनमा कोभिड–१९ सँग मेल खाने भाइरस भेटिएको पुष्टि भएको छ ।

एक अन्तर्राष्ट्रिय समूहले भविष्यमा यस्तो प्रकारको संक्रमण रोक्ने हो भने जंगली जीवको बजारमा जनावरको बिक्रिमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने सल्लाह दिएका छन् ।

पेङ्गोलिन एक स्तनधारी जीव हो जसको प्रयोग मासु र पारम्परिक औषधीमा हुने गर्छ । यो सबैभन्दा धेरै तस्करी हुने जीव हो ।

चमेरोलाई कोरोना भाइरसको मूल स्रोत मानिँदै आएको थियो ।

के भन्छ अनुसन्धान ?

नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’

अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने पेंगोलिनोमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ ।

कमिला खाने यो स्तनधारी जीव संसारभरी सबैभन्दा धेरै तस्करी हुने अनुमान गरिन्छ जसका कारण यो लोप हुने स्थितीमा पनि छ ।

यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । पेंगोलिनको मासु केही व्यक्ति निकै स्वादिष्ट भएको पनि मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप