शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : स्पेनमा दुई विमान ठोक्किदा ५ सय ८३ जनाको मृत्यु

शुक्रबार, १४ चैत २०७६, ०७ : ३५
शुक्रबार, १४ चैत २०७६

आज मार्च २७ । सन् १९७७ मा आजैका दिन स्पेनको केनरीद्वीपस्थित चर्चित पर्यटकीयस्थल टेनेरिफमा दुई ठूला जेट ठोक्किदा ५ सय ८३ जनाको मृत्यु भएको थियो । केएलएम फ्लाइट ४८०५ र पान एएम फलाइट १७३६ लस रोडियोस विमानस्थलको रनवेमा ठोक्किएका थिए ।

जतिबेला केएलए एयरलाइनरले आफ्नो टेक अफ सुरु ग¥यो, त्यतिबेला पान एएम एयरलाइनर पनि रनवेमै थियो र ट्याक्सीवेतर्फ टर्न हुँदै थियो । कुइरोका कारण केएलएले एएमलाई देखेन । दुई विमान ठोक्किएपछि आगलागी हुँदा केएलएमका सबै र पान एएमका अधिकांश यात्रुको मृत्यु भयो । पान एएमका अगाडिपट्टी बसेका ६१ जना भने बाँचे ।

खासमा यी दुबै विमान ग्रान केनरिया विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, विद्रोहीले गरेको  आतंकवादी हमलामा ८ जनाको मृत्यु भएपछि उक्त विमानस्थल बन्द गरेर विकल्पका रुपमा सबै फ्लाइटलाई लस रोडियोस विमानस्थल पठाइएको थियो । क्षेत्रीय विमानस्थल रोडियोसलाई त्यहाँबाट आउने अन्तर्राष्ट्रिय फ्लाइट व्यवस्थापन गर्न समस्या नै थियो, यहाँ एउटै मात्र रनवे थियो र त्यससँग समानान्तर एउटै मुख्य ट्याक्सी वे ।

सैयद अहमदको मृत्यु

१८९८ मा २७ मार्च नै त्यो दिन थियो, जब भारतमा मुसलमानका लागि आधुनिक शिक्षा सुरु गर्ने सर सैयद अहमद खानको निधन भयो । उर्दू साहित्यका ज्ञाता तथा अन्य धेरै भाषाका जानकार सर सैयद अहमद खानले मोहम्मडन एंगलो ओरियन्टल कलेजको स्थापना गरेका थिए , जो पछि गएर अलिगढ मुस्लिम विश्वविद्यालयको रुपमा विकसित भयो । आज यो विश्वविद्यालयलाई विश्वमा मुस्लिम शिक्षाको प्रतिष्ठित स्तम्भका रुपमा चिनिन्छ, यहाँ संसारभरबाट मानिसहरु पठन–पाठनका लागि आउँछन् । सैयद अहमद खानको जन्म १८१७ मा दिल्लीमा भएको थियो ।

अन्य महत्वपूर्ण घटना

१६६८ – बेलायतका शासक चाल्र्स दोस्रोद्वारा बम्बईलाई ईस्ट इन्डिया कम्पनीको जिम्मामा छाड्ने घोषणा ।

१८५५– अब्राहम गेस्नरले मट्टितेलको सर्वाधिकार आफ्नो नाममा लेखाए, उनले नै १८४० को दशकको अन्त्यतिर यसको आविस्कार गरेका थिए ।

१९९८ – अमेरिकाको खाद्य तथा औषधि विभागद्वारा पिफिजर कम्पनीले बनाएको भायाग्रा औषधीलाई नपुंसकता हटाउने उपचारका रुपमा प्रयोग गर्न स्वीकृति ।

(विगतका ठूला घटनाक्रमबारे पाठकलाई जानकारी दिने उद्देश्यले रातोपाटीले ‘इतिहासमा आज’ स्तम्भ सुरु गरेको हो । यो स्तम्भमा विगतेका वर्षहरुमा आजकै दिन घटेका देश र विदेशका ठूला घटनाक्रमबारे संक्षेपमा जानकारी गराउने गरिन्छ–सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप