शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यावश्यक नपरी अस्पतालमा नआउन कान्ति बाल अस्पतालको अनुरोध, विकल्पमा यी नम्बर उपलब्ध गराइयो

बिहीबार, १३ चैत २०७६, २१ : ०९
बिहीबार, १३ चैत २०७६

काठमाडौं । कान्तिबाल अस्पतालले अत्यावश्यक नपरी अस्पतालमा नआउन अनुरोध गरेको छ । 

कोरोना भाइरसको प्रकोपका कारण हाल स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो परेको भन्दै अस्पतालले यस्तो अवस्थामा अन्यावश्यक नपरी अस्पताल नआउन अनुरोध गरेको हो । 

अस्पताले जारी गरेको सूचनामा स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी चाहिएमा फोनमार्फत नै लिन पनि अनुरोध गरेको छ । 

त्यसका लागि अस्पतालले सर्जिकल ड्यूटी चिकित्सकको फोन नम्बर ०१–४४४३१३१ र ९८४७३८६१५० तथा  मेडिकल ड्यूटी चिकित्सकको फोन नम्बर ०१–४४२७४४९ र ९८४७३८६२०५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप