केन्द्रीय संस्करण

कोरोनाका त्रास : पूर्वराजा ज्ञानेन्द्र शाहले गरे निजी अस्पतालको आलोचना

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले देखाएको रवैयाको चर्को आलोचना गरेका छन् । 

कोरोना भाइरसका कारणका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै शाहले आलोचना गरेका हुन् । 

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’


केही निजी अस्पतालले कोरोनाको आशंकामा परीक्षणमा पुगेका विरामीको जाँच नगरेको गुनासो आइरहेको बेला पूर्वराजाले यस्तो बताएका  हुन् । 

शाहले यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड दिएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...