शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा घरभाडा नलिन आग्रह (विज्ञप्तिसहित)

बिहीबार, १३ चैत २०७६, २० : ३५
बिहीबार, १३ चैत २०७६

धनकुटा । उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह गरेका हुन् ।  

       कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभरनै लकडाउन गरिएको अवस्थामा आम्दानीको माध्यम ठप्प रहेकाले संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थालाई संघले अनुरोध गरेको छ ।

       कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण उद्योग धन्दा, व्यापार व्यावसाय ठप्प रहेकाले यस्तो बिपतका वेलामा एकले अर्कालाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप