शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारबाट फर्केका युवक अस्पतालको क्वारेन्टाइनमा

बिहीबार, १३ चैत २०७६, २० : ००
बिहीबार, १३ चैत २०७६

ओखलढुङ्गा । कतारबाट काठमाडौं हुँदै गत सोमबार ओखलढुंगा आएका एक युवकलाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनको सहयोगमा २५ वर्षीय युवालाई अस्पतालको क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश आचार्यले बताए । उनी गत चैत्र ७ गते कतारबाट काठमाडौं हुदै १० गते ओखलढुंगा आइपुगेका थिए ।

यसअघि सरकारले बिदेशबाट फर्केका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईमा बस्न आग्रह गरेको थियो । सोहीअनुसार ती युवक सम्पर्कमा आएको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार युवकको अवस्था समान्य छ । उनलाई हाल नियमअनुसार अस्पातालको क्वारेन्टाईमा राखेर निगरानी गरिएको तिवारीको भनाई छ । जिल्लामा अस्पतालको क्वारेन्टाइनमा बस्ने उनी पहिलो व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप