केन्द्रीय संस्करण

अलपत्र परेका दुई विदेशीलाई एयर डाइनेष्टिले उद्धार गरी काठमाडौं ल्यायो

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

काठमाडौं । कोरानाका कारण अलपत्र परेका दुई विदेशी नागरिकलाई एयर डाइनेष्टिको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याएको छ । सगरमाथा वेस क्याम्प हिँडेका एक जापानी र एक क्यानेडियन नागरिकलाई बिहिबार डाइनेष्टिको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याएको हो । 

पदयात्राका क्रममा बाटामा नै बिमारी परेका दुई विदेशीहरुमा जापानीलाई गोरक्ष र क्यानेडियनलाई नाम्चेबाट उद्धार गरी काठमाडौं ल्याइएको एयर डाइनेष्टिका म्यानेजर बालकृष्ण पण्डितले जानकारी दिए ।
अहिले जापानी नागरिकलाई काठमाडौंको ग्राण्डी हस्पिटल र क्यानडियन नागरिकलाई रुद्रमती स्थित स्वाकोन हस्पिटलमा उपचारका लागि पु¥याइएको छ । 

एयर डाइनेष्टिले हिजो मात्र लुक्लाबाट ४ जना रसियन र डोल्पाबाट ३ फ्रान्सेली रेस्क्यु उद्धार गरी काठमाडौं ल्याएको थियो ।  कोरोनाका कारण पूर्णतः लकडाउन भएको मुलुकमा हवाई तथा यातायातका सबै क्षेत्र वन्द भएको अवस्थामा एयर डाइनेष्टिले गृहमन्त्रालय, जिल्ला प्रशासन र नागरिक उड्न प्राधिकरणको समन्वयनमा स्वीकृती दिएर रेस्क्यु डाउन गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...