शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव

बिहीबार, १३ चैत २०७६, १९ : ४४
बिहीबार, १३ चैत २०७६

काठमाडौं । जनस्वास्थ्यका लागि नागरिकले कोरोना संक्रमण फैलिन नदिन आपतकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् ।  डाक्टर महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेल लगायत नागरिक अगुवाले बिहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलाई भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसँग समन्वय गरि आपतकालिन रणनीति बनाउन सुझाएका हुन् ।

कोरोना संक्रमण फैलिएका देशबाट धेरै संख्यामा नेपाल फर्किएका नागरिकलाई सुरुमै क्वारेन्टाइनमा नराख्नु र उनीहरुको टे«स पनि नहुनुले जोखिम बढाएको भन्दै उनीहरुले शंकाष्पदहरुको तत्काल पहिचान गरि क्वारेन्टाइनमा राख्ने व्यवस्था कडाइका साथ गर्न माग गरेका छन् । स्थानीय र प्रदेश सरकारसँग समन्वय गरि फ्लु आउटब्रेक भएको वा नभएकोबारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाइनमा बस्न भनिएका व्यक्तिको संख्या एकिन गर्न पनि उनीहरुले सुझाएका छन् ।

जनस्वास्थ्यका लागि नागरिकले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामाग्रीको आपूर्ति तत्काल गर्न, तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै पिपिई उत्पादन गर्ने काम सुरु गर्न, ल्याब÷उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट टेसिङ सुरु गर्न, लक्षण नदेखिएका तर बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई आईसोलेट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्यका लागि नागरिकले केन्द्रमा एकिकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधि समेत समेटेर एकद्धारबाट दैनिक मिडिया ब्रिफिङ गरि सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
बन्दाबन्दीका कारण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चाल गर्नेका लागि राहत कार्याक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप