बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घिमिरेद्वारा आवश्यक परे क्वारेन्टाइनका लागि आफ्नो घर उपलब्ध गराउने घोषणा

बिहीबार, १३ चैत २०७६, १९ : ०९
बिहीबार, १३ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा विश्वम्भर घिमिरेले १ लाख रुपैयाँ जम्मा गरेका छन् । 

घिमिरे नेपाल भ्रमण वर्षको सचिवालयमा कार्यक्रम संयोजकका रुपमा कार्यरत छन् । 

सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न चाहनेलाई राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको खाता नं.१९६०००००११०१ मा रकम जम्मा गर्न आह्वान गरिसकेको छ । 

घिमिरेले संकट गहिरिएमा काठमाडौं–३० डिल्लीबजारस्थित आफ्नो ५ तले घर क्वरेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । यो घरमा कार्यालय तथा होटल समेत सञ्चालन भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप