शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भाटभटेनीले होम डेलिभरी गर्ने, खाद्यान्न र फलफुल तथा तरकारी चाहिएमा फोन गर्नुहोस्

बिहीबार, १३ चैत २०७६, १९ : ०५
बिहीबार, १३ चैत २०७६

काठमाडौं– भाटभटेनी सुपरमार्केटले खाद्यान्न, फलफुल तथा तरकारी होम डेलिभरी गर्ने भएको छ ।

कोरोनाभाइरसको महामारी नियान्त्रण र रोकथामका लागि सरकारले देश लकडाउन गरेको छ । यो अवस्थामा सर्वसाधारणलाई खाद्यान्न तथा तरकारी खरिदका लागि सहज होस भनेर ग्रोसरीहरुलाई होम डेलिभरीको व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै भाटभटेनीले यसको सुरुवात गरेको हो ।

गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न, फलफुल तथा तरकारी घरघरमा र्पुयाउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्स एपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ ।

भाटभटेनीले आफ्ना सवै स्टोरबाट खाद्यान्नलगायतका सामान उपलब्ध गराउने जनाएको छ । त्यसका लागि ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा फोन गरी अर्डर गर्ने व्यवस्था भाटभटेनीले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका खाद्यवस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो । आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने पनि बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप