शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारबाट ओखलढुंगा फर्केका युवा अस्पतालको क्वारेन्टाइनमा

बिहीबार, १३ चैत २०७६, १९ : ०४
बिहीबार, १३ चैत २०७६

ओखलढुंगा । कतारबाट काठमाडौं हुँदै गत सोमबार ओखलढुंगा आएका एक युवालाई जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनको सहयोगमा गत चैत ७ गते कतारबाट काठमाडौं हुँदै  १० गते ओखलढुंगा आईपुगेका जिल्लाका २५ वर्षीय युवालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् व्यवस्थापन समितीका अध्यक्ष गणेश आचार्यले बताए ।

यसअघि सरकारले विदेशबाट फर्केका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो । सोही अनुसार ति युवा अस्पतालको सम्पर्कमा आएको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार युवाको अवस्था सामान्य छ । उनलाई हाल नियमअनुसार अस्पातालको क्वारेन्टाइमा राखेर निगरानी गरिएको तिवारीको भनाइ छ। जिल्लामा अस्पतालको क्वारेन्टाइनमा बस्ने उनी पहिलो व्यक्ति हुन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका ग्रामिण भेगका पसल तथा खाजाघरलाई समेत पूर्ण रुपमा बन्द गराउने भएको छ । कोरोना भाईरस अर्थात कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै ग्रामिण भेगका पसल तथा खाजाघरहरुलाई समेत बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको त्रासका कारण सहरबाट गाउँ फर्केका नागरिकहरु रमाईलो,जमघट तथा भोजभतेरमा ब्यस्त हुन थालेपछि ग्रामिण क्षेत्रमा समेत कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

सहर तथा सदरमुकामबाट गाउँ फर्केका नागरिकहरुले लकडाउनलाई चाडपर्वका रुपमा लिन थालेपछि गाउँमा समेत थप कडाई गर्न लागीएको उनको भनाई छ ।  युवाहरु गाउँमा ठुलो संख्यामा भेला भएर गफिने गरेका छन् । यसले गर्दा गाउँका चिया पसल,मासु पसल,किराना पसल लगायत मानिसको जमघट हुने क्षेत्रहरु सबै बन्द गर्ने निर्णय गरेको आचार्यले बताए । यसले गाउँ फर्केका युवाहरु संक्रमणको जोखिममा रहनेसक्ने भन्दै सजकता अपनाउन जरुरी गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप