उच्च ज्वरो देखिएपछि जुम्लामा एक बालकलाई राखियो आइसोलेशनमा
बिहीबार, १३ चैत २०७६, १९ : ०४
जुम्ला । तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो देखिएसँगै इसोलेशनमा राखिएको छ ।
जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताए ।
उहाँका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ ।
दुईतीन दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई नाप्दा कोरोनाको लक्षणसँंग मिल्दोजुल्दो भएपछि आशङ्कामा आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिए ।
बालकलाई कोरोनाको प्रतिवेदन नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे