बेलायतमा कोरोनाको संक्रमणबाट अर्का नेपालीको मृत्यु भएको पुष्टि

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको थियो । कोरोना संक्रमणका कारण निधन भएको कुरा अस्पतालले मृतकका परिवारलाई जानकारी गराएको हो ।
सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको थियो । ब्लड प्रेसर बाहेक अन्य कुनै रोग नरहेको पारिवारिक स्रोतले बताएको छ । बेलायतमा एकाउन्टिङ फर्ममा कार्यरत अर्यालका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् ।
उनको पुर्ख्यौली घर चितवन रहेका मृतक अर्यालको परिवार अहिले घरमै आइसोलेसनमा रहेका छन् ।
कोरोनाकै कारण लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको निधन भैसकेको छ ।
हालसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट दुईजना नेपालीको मृत्यु भैसकेको छ । यसैगरी कोरोना भाइरसबाट संक्रमण भएकी भगवती रानाभाट भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेकी छन् ।
विश्वभरी कोरोनाबात मृत्यु हुनेको संख्या २२ हजार नाघिसकेको छ भने बेलायतमा यस रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य