सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सधै व्यस्त हुने ठमेल र दरबारमार्गमा यस्तो सुनसान (फोटोफिचर)

बिहीबार, १३ चैत २०७६, १८ : १९
बिहीबार, १३ चैत २०७६

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र हो, ठमेल । अरुबेला विदेशी पर्यटकले भरीभराउ हुने ठमेलमा अहिले सुनसान छ । न  त स्वदेशीकै  । 

ठमेलमा सञ्चालिन  व्यवसाय बन्द छन् । 

कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल सुनसान बनेकाे हो । 

एकाध पर्यटक सडकमा देखिन्छन् उनीहरुलाई पनि सडकमा खटिएका प्रहरीले हाल बस्दै आएको ठाउँबाट बाहिर ननिस्कन आग्रह गरिरहेको देख्न सकिन्छ । 

यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन पनि गर्न दिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप