हेटौँडामा कालोबजारी
मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ । दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा बिक्रीवितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।
हेटौँडाका विभिन्न चोक तथा गल्लीमा रहेका थोक तथा खुद्रा पसलमा सामानको अभाव बताउँदै महँगो मूल्यमा बिक्रिी हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ का रामप्रसाद दाहालले बताए । किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताए । स्थानिय प्रशासनले कालोबजारी गरेको पाइएमा कारवाही गर्ने बताएको छ । पसलहरु बिहान र साँझमा खुल्ने गरेकाले उपभोक्ताले मूल्यभन्दा बढी खरीदमा बढी जोड दिने गरेको प्रा भरत महाजनले भने ।
यस्तै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज तेस्रो दिन पनि सुनसान देखिएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा लागि खटिएका छन् ।
सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत समेत गराइएको छ । स्थानीय प्रशासनले हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष निर्माण गरी अस्पतालमा उपचारका लागि व्यवस्थासमेत गरेको छ । त्यस्तै हेटाँैडामा रहेका उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर