नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा
बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन् ।
विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको उपचारमा समस्या भइरहेका बेला नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार भएका हुन् ।
निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाईसमेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा.शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउँन दिने महत्वपूर्ण घोषणा गरेका हुन् ।
निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् । समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माको यो घोषणाले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहीबार पत्रसमेत पठाएका छन् । शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ ।
कोरोना रोकथाम संयोजन समिति संयोजक डा.कोइराला जस्ता जिम्मेवार व्यक्तिसहित राज्यनै लागिपरेकाले सवैको हातेमालोले मुलुकमा चाडै कोरोना संक्रमण रोकथाम हुने डा.शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार