प्युठानमा ११ जनालाई क्वारेन्टाइनमा राखियो
बिहीबार, १३ चैत २०७६, १६ : ५८
बुटवल । जिल्ला प्रहरी कार्यालय प्युठानले सार्वजानिक गरेको कोरोनाभाइरस सम्वन्धी जनचेतना मुलुकसूचना अनुसार त्यस जिल्लामा बाहिरबाट आउने ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
२ सय २६ जनाको स्वास्थ्य परीक्षण गर्दा अहिले सम्म एक जनामा पनि कोरोना भाइरसको लक्षण भने देखा परेको छैन ।
नेपाल बहिरबाट प्युठानमा अहिले सम्म २२ जना मात्रै आएको प्रहरीले जनाएको छ । यस्तै नेपालका विभिन्न शहरबाट २ सय चार जना प्युठान भित्रिएका छन् । प्रहरीले वडास्तर सम्म पुगेर माईकिङ गरेर जनचेतनामुल सुचना सम्प्रेषण गरिरहेको छ ।
यसैबीच प्युठान प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ६ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । एउटा ट्याक्टर र ७ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार