सिरहामा ५ स्थानमा आइसोलेशन र तीन दर्जनभन्दा बढी क्वारेनटाइन निर्माण
सिरहा । कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहा जिल्लामा स्थानीय तहहरुको समन्वयमा पाँच स्थानमा आईसोलेशन वार्ड र तीन दर्जनभन्दा बढी क्वारेनटाईन निर्माण गरिएको छ ।
सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ । जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुरामा ७ जना, भगवानपुरको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले बताए ।
जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार अहिले गम्भीर प्रकृतिका विरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको बताए । गम्भीर प्रकृतिको विरामी आएको खण्डमा जिल्लामा राखिएको पाँच स्थान महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर.के.मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने जानकारी दिए ।
११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारको लागि काठमाडौंको टेकु पुर्याएको बताउनुहुँदै चौधरीले त्यसपछि अहिले जिल्लामा त्यस्तो प्रकृतिको विरामी परेको सूचना नआएको जनाए । सिरहामा कोरोना भाइरस सर्न नदिनको लागि मानिसहरुको चहलपहलमा पूर्ण रुपमा स्थानीय प्रशासनले बन्देज लगाएको छ भने कोरोना भाइरसबाट बच्न विभिन्न सन्देशमुलक सूचनाहरु सबै स्थानीय तहले प्रचार प्रसार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण