शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उहान भाइरस’ शब्दमा जी ७ राष्ट्र सहमत भएनन्, निस्किएन संयुक्त विज्ञप्ती

बिहीबार, १३ चैत २०७६, १६ : ०४
बिहीबार, १३ चैत २०७६

एजेन्सी । कोभीड–१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्ने प्रयास असफल भएको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तीमा ‘उहान भाइरस’ शब्द राख्नका लागि अन्य देशका विदेश मन्त्रालयलाई मनाउन खोजेपनि उनीहरु सहमत भएनन् । 

‘अमेरिकाले जे संकेत ग¥यो त्यो रेडलाईन हो,’ एक युरोपेली कुटनीतिज्ञले भने,‘यस भाइरसको यस किसिमको ब्रान्डिङसँग समेत हुन र त्यसलाई फैलाउने प्रयासमा तपाई सहमत हुन सक्नुुहुन्न ।’ अमेरिकाले प्रस्ताव गरेको विज्ञप्तीको मस्याँैदामा पनि चीनलाई महामारी फैलाएकोमा गाली गरिएको थियो, ती कुटनीतिज्ञलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । 

विश्व स्वास्थ संगठनले यस रोगलाई कोभीड–१९ वा कोरोना भाइरस नाम दिएको छ, अमेरिकाले जी ७ राष्ट्रका विदेशमन्त्रीसामु प्रस्तुत गरेको १२ अनुच्छेद लामो विज्ञप्तीको मस्यौँदामा भने यसलाई ‘उहान भाइरस’ लेखिएको छ । 

बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा समावेश जी ७ राष्ट्रको अध्यक्ष अमेरिका भएकाले उसैले संयुक्त विज्ञप्तीलाई अन्तिम रुप दिनुपर्छ । संयुक्त विज्ञप्ती निस्कन नसकेपछि सदस्य राष्ट्रले आफ्ना विदेशमन्त्रीमार्फत अलग विज्ञप्ती निकालेका छन् । कोरोनाको महामारीका कारण यो बैठक भिडियोमार्फत गरिएको थियो ।

यस बैठकबारे फ्रान्सले निकालेको विज्ञप्तीमा अहिलेको महामारीलाई ‘कोभीड–१९ महामारी भनिएको छ । कोरोना भाइरसको महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओ निरन्तर चीनमाथि खनिएका छन् । उनीहरुले चीनकै कारण भाइरस फैलिएको आरोप लगाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप