शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा ५ सय सवारी साधन नियन्त्रणमा

बिहीबार, १३ चैत २०७६, १५ : ०१
बिहीबार, १३ चैत २०७६

महोत्तरी । महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाउने बताए । साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताए । अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप