शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोकेन लकडाउनले, बालबालिकालाई मनोरञ्जन दिन सडकमै नाचे प्रहरी (भिडियोसहित)

बिहीबार, १३ चैत २०७६, १४ : २३
बिहीबार, १३ चैत २०७६

स्पेनमा एक साताभन्दा लामो समयदेखि घरमै थुनिएका बालबालिकालाई मनोरञ्जन दिन मलोर्काका ५ स्थानीय प्रहरी अधिकारीले सडकमै नाचगान गरेका छन् । 

उनीहरुले सीमित दूरीमा बस्दै गीत गाउने र नाच्ने गरेका थिए । यता, स्थानीय तथा बालबालिकाले घरका ढोकाबाट उनीहरुको प्रस्तुती नियालेका थिए ।  

उनीहरु आफ्नो गाडीको बत्ती निभाउँदै र बाल्दै, गिटार बजाउँदै गाउदैं हिंडेका थिए र ठाउँ–ठाउँमा बच्चालाई मनोरञ्जन दिन रोकिएका थिए । एलगाइडा महानगरका प्रत्येक गल्लीमा उनीहरुले यसरी नै शनिबार तीनघण्टासम्म प्रस्तुति दिए । 

पेड्रो एडरोभरसहितका प्रहरी अधिकारीहरुले सांगीतिक प्रस्तुति दिएका छन्, एडरोभर सेस बुबोटेस ब्यान्डका गायक समेत हुन् । उनले परम्परागत बालगीत गाउने र त्यसमा नृत्य गरेका थिए । 

यी प्रहरी अधिकारीहरुले नाचेको भिडियो त्यतिबेला भाइरल भयो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्राम्पले ट्वीटरमा यो भिडियो शेयर गरिन् । 

एडरोभरका अनुसार स्थानीय प्रहरी अधिकृतले बालबालिकालाई मनोरञ्जन गराउन यस्तो योजना ल्याएका हुन्, ती अधिकृत अर्का एक प्रहरीको डान्स भिडियो हेरेपछि प्रेरित भएका रहेछन् । ‘उनले (अफिसरले) हामीलाई बालबालिकालाई लक्षित गरेर केही गर्नेबारे सोच्न भनेका थिए । बालबच्चाहरु निकै स्तब्ध छन् र उनीहरुलाई यस समय के भइरहेछ भन्ने पनि राम्ररी थाहा छैन । उनीहरु स्कुल जान सकिरहेका छैनन् वा आफ्ना साथी भेट्न पाएका छैनन्,’ एडरोभरले भने,‘ सुरुमा ती अफिसरले सोचेका रहेछन् कि उनी गिटार बजाउनेछन् र सबैले ‘जोआन पिटीट (लिट्टिल जोआल), चर्चित बालगीत गाउनेछन् । अन्नत हामीले मिलेर प्रस्तुती दियौं ।’ बालबालिकालाई आफ्नो बाल्कोनीमा आएर घुमडुल गर्न प्रेरित गर्ने उद्देश्यले यस्तो गरिएको उनले बताए ।  
सिटी काउन्सिलले यस प्रस्तुतीका लागि स्विकृति दिएपछि प्रहरीले शनिबार दिउँसो धेरै गल्ली र सडकमा  प्रस्तुति दिए । ‘हामी बालबालिका बस्ने प्रत्येक सडक र गल्लीमा प्रस्तुती दिन गयौं, हामीले त्यस दिन यो गीत झन्डै ४५ पटक गायौं होला,’ एडरोभरले भने,‘यति गायौ कि मलाई लाग्छ, त्यस रात हामी धेरैले सपनामा पनि यही देख्यौं । हामी सबै आपतकालीन अवस्थाको प्रतिक्रियाका लागि तयार छौं ।’ यस गीत प्रस्तुत गर्नुअघि प्रहरीले कुनै रिहर्सल नगरेको समेत एडरोभरले बताए ।

स्थानीय र बालबालिकाको मुहारमा देखिएको हाँसोले परिस्थितीलाई विशेष बनाइदिएको उनले बताए ।  

‘अहिले जे भइरहेको छ, त्यसबाट हामी भाग्न सक्दैंनौ । जब लकडाउन सकिनेछ, त्यसपछि हामीले यसलाई कथाका रुपमा संझनेछौं,’ उनले भने । प्रहरीले नाच्दै गरेको भिडियोले घरमा असहज महसुस गरिरहेका संसारभरका बालबालिकालाई छोटो समय भएपनि हँसाउने आशा उनले व्यक्त गरे । फेरि दोहो¥याएर प्रस्तुती दिने विषयमा आफुलाई केही थाहा नभएको एडरोभरले बताए । ‘फेरि प्रस्तुती दिनुप¥यो भने पक्कै त्यो गाह्रो हुनेछ किनकी अब हामीमाथिको अपेक्षा बढिसकेको छ,’ उनले भने ।

इटलीपछि सर्वाधिक धेरैमा संक्रमण देखिएको युरोपेली देश हो, स्पेन । यहाँ, झन्डै ४९ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिइसकेको छ । इटलीपछि सर्वाधिक धेरै ज्यान गुमाउने पनि स्पेनमै छन्, अहिलेसम्म ३ हजार ६ सय ४७ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

-एजेन्सीकाे सहयोगमा रातोपाटीकाे अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप