बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा पनि किन उड्यो तारा एअरको विमान लुक्ला ? (भिडियोसहित)

बिहीबार, १३ चैत २०७६, १३ : ४७
बिहीबार, १३ चैत २०७६

काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेका छन् । 

ती पर्यटकको उद्दार गर्न यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ । 

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो । 

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप