निर्देशन पालना गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेको आग्रह
बिहीबार, १३ चैत २०७६, १२ : ३५
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले सरकारले गरेको निर्देशन पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अधिकतम सावधानीको उपाय अपनाइरहेको बेलामा सम्पूर्ण जिल्लावासी नागरिकद्वारा घरभित्रै बसी निर्देशनको पालना गरिदिन आग्रह गरेका हुन् ।
लकडाउन अटेर गर्ने १७१ मोटरसाइकल, तीन मिनीट्रक, १२ स्कुटर, चार कार, एक स्कारपियो, चार साइकल र दुई व्यक्तिलाई कारवाही गर्नुपरेको उल्लेख गर्दै अब त्यस्तो नगर्न प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले निरन्तर जिल्लाको विभिन्न स्थानमा लकडाउनको अनुगमन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’