शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशबाट आएकालाई गाउँगाउँबाट खोज्न अभियान चलाउन सांसदको आग्रह

बिहीबार, १३ चैत २०७६, १२ : १७
बिहीबार, १३ चैत २०७६

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप यादवले विगत दुई हप्तामा विदेशबाट आएका सबै नागरिकलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन् ।

सांसद यादवले विहीबार एक विज्ञप्ति जारी गर्दै विदेशबाट आएकाहरुलाई पहिचान गर्न गर्न स्थानीय तहको वडास्तरबाट अभियान शुरु गर्नुपर्ने बताउँदै ती व्यक्तिहरुलाई सम्झाइ बुझाइ क्वारेन्टाइनमा राख्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् ।

विभिन्न देशबाट आएपछि नेपालमा कोरोनाको भाइरस देखिएको हो । कतार लगायतका देशबाट आएका युवाहरु तराई मधेशमा त्यतिकै घुमफिर गरिरहेका छन् । उनीहरुलाई खोजेर क्वरेन्टाइनमा राख्न उनको आग्रह छ । रोगको संक्रमणलाई फैलिन नदिन संघीय सरकारले लकडाउनको घोषणा गरेपनि रोगको महामारीलाई मध्यनजगर गर्दै चेकजाँच र सक्रमित व्यक्तिको उपचारका लागि तयार रहनुपर्न उनले उल्लेख गरेका छन् ।

कोरोना संक्रमण नियन्त्तण गर्न अहिलेको मुख्य चुनौती भएकाले कोरोना भाइरस जाँच्ने एनटिजेन डिटेक्सन (किट) किन्नका लागि संघीय, प्रदेश र स्थानीय सरकाससँग उनले आग्रह गरेका छन् ।

जनताको आधारभूत आवश्यकताहरुमा तिनै तहका सरकारको सहयोग र साथ यतिखेर अपरिहार्य भएको उल्लेख गर्दै उनले लकडाउनले गर्दा आम मजदुर, दैनिक ज्यालादारी, सरसफाईकर्मी, साना रोजगार गरेर जिविका चलाउने, रिक्सा ठेला चलाउने, कृषि श्रमिक र गरिब तथा असहाय वर्ग समस्यामा परेको उल्लेख गर्दै उनले त्यसको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

प्रदेश २ का नागरिकहरुको जीवन रक्षका लागि यस चुनौतिपूर्ण घडीमा प्रदेश सरकारले गरेको सहयोगी भूमिका अझ बढाउन पनि उनले आग्रह गरेका छन् । प्रदेश २ मानव सूचकांकको आधारमा पिछडिएको प्रदेश रहेको र रोगको कारण उत्पन्न भएको वर्तमान चैनितीपूर्ण अवस्थामा आवश्यक स्वास्थ्य सेवाका लागि पूर्वाधार, उपकारण, प्राविधिक क्षमता र औषी आपूर्तिमा विशेष ध्यान दिन पनि आग्रह उनले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप