शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको आशंकामा ९ जना अस्पताल भर्ना

बिहीबार, १३ चैत २०७६, १२ : ००
बिहीबार, १३ चैत २०७६

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । 

एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् । 

आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए । 

‘भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको छ’, जोशीले बताए । 

यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो ।  उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए । 

अस्पतालमा १० वेडको आइसोलेसन सुविधा छ  । डां. जोशीले संकास्पद बिरामीका लागि अस्पतालकै अर्को भवनमा ३५ जनासम्म अटाउने वेड निर्माण भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप