मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको युद्ध : भिडियो कन्फरेन्समार्फत जुट्दै जी–२० राष्ट्र

बिहीबार, १३ चैत २०७६, १० : ४५
बिहीबार, १३ चैत २०७६

कोरोनाभाइरसको महामारीविरुद्ध रणनीति बनाउन जी २० देशका राष्ट्रप्रमुखहरुको बिहीबार भिडियो कन्फ्रेन्सिङ्गमार्फत बैठक हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बैठकको प्रस्ताव गरेका थिए । जी–२० को अध्यक्षता गरिरहेको साऊदी अरेबियाका राजा मोहम्मद बिन सलमानले यस प्रस्ताव स्वीकार गरेपछि आज बैठक हुन लागेको हो । बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सबै २० देशका राष्ट्रप्रमुख सहभागी हुनेछन् । कन्फरेन्समा विश्व स्वास्थ्य संगठन र विश्व बैंकका प्रतिनिधि पनि शामिल हुने छन् ।

कोरोना भाइरसले उत्पन्न महामारी र निम्त्याएको आर्थिक संकटबारे यस बैठकमा कुराकानी हुनेछ । विश्व स्वास्थय संगठन र विश्व बैंकका प्रतिनिधि पनि बैठकमा सहभागी हुनेछन् । जी २० संसारका शक्तिशाली देशहरुको समुह हो ।

जी–२० राष्ट्रहरुमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, टर्की, संयक्त राज्य र अमेरिका सामेल छन् ।

यतिबेला जर्मन चन्सलर एन्जेला मार्कल सेल्फ क्वारेन्टाइनमा रहेकी छिन् भने क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडु पत्नी कोरोनाभाइरसबाट संक्रमित रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप