शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आएकालाई होम क्वारेन्टाइनमा

बिहीबार, १३ चैत २०७६, १० : ३८
बिहीबार, १३ चैत २०७६

भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ ।  

शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरु गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।
 
अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उनको भनाइ छ ।
 
विदेशबाट आएकाको लगत सङ्कलन शुरु
 
कोरोनाबाट जोगिन तथा जोगाउनका लागि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सबै स्थानीय तहले विदेशबाट आएकाको लगत सङ्कलन शुरु गरिएको छ । जिल्लाका सबै पालिकामा को–कहाँबाट आएका हुन्, सबैले सूचना दिएर सहयोग गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
 
छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा भारतबाट आएका स्थानीयवासीलाई पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम शुरु भइसकेको छ । 

त्यस्तै विभिन्न  जिल्लाबाट आएर जाजरकोटमा अलपत्र परेका २० जनाको उद्धार गरी सम्बन्धित ठाउँमा पठाउने कामसमेत भएको छ । डोल्पाका मात्र २० जनालाई सुरक्षित तरिकाले पठाएको प्रजिअ पन्तको भनाइ छ ।
 
क्वारेन्टाइन निर्माण कार्य तीव्र

जिल्लाका सात स्थानीय तहले स्वास्थ्य सहायता कक्ष स्थापनादेखि क्वारेन्टाइन निर्माणका कामलाई तीव्रता दिएका छन् । 

बाँचौँ र बचाऔँ भन्ने मूल ध्येयका साथ कुनै कसर बाँकी नराखी काम गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सीमानाकामा झनै कडा गरिएको शाहको भनाइ छ । 

नलगाड नगरपालिकाले रुकुमपश्चिमको आठविसकोट चिसापानी बीचमा स्वास्थ्य सहायता कक्ष स्थापाना गरी काम शुरु गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले औषधि आपूर्तिका लागि स्वास्थ्य सेवा कार्यालयबाट औषधि लिएर आफू जान लागेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप