बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम कस्तो रहला ?

बिहीबार, १३ चैत २०७६, ०८ : ५४
बिहीबार, १३ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

यसैगरी, हाल देशको  पश्चिमि भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाले बिहीबार दिउँसो देशको पश्चिमि क्षेत्रलगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा र आंशिक बदली हुने पूर्वानुमान गरेको छ । 

यसैगरी, पहाडी क्षेत्रका  एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

पूर्वानुमानका अनुसार बिहीबार राति  देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ। 

भने, पश्चिमि भू–भागका थोरै  स्थानहरुमा र पूर्वका एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप