अफिसमा काम वा घरमै बसेर गरिने काम : कुन बढी प्रभावकारी ?
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण यतिबेला देश ‘लकडाउन’मा छ । नेपालमात्रै होइन विश्वका कयौँ देशहरुमा समेत अहिले मानिसहरुलाई घर बाहिर जान दिइएको छैन ।
घरबाहिर निस्कन नसक्दा अहिले कतिपय व्यवसाय बन्द छन् । कतिपय आंशिक रुपमा मात्रै प्रभावित भएका छन् । केही व्यवसाय सामान्य रुपमै सुचारु हुँदा केही व्यवसाय यस्ता छन् जसले सामान्य अवस्थामा भन्दा पनि बढी ‘बिजिनेस’ पाइरहेका छन् ।
खासगरी, मोबाइल र इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायकहरुको काम अहिले पहिलेभन्दा बढी छ । यो नेपालमा मात्रै होइन विश्वकै हकमा लागु भइरहेको छ । सामाजिक सञ्जालहरुको प्रयोग बढिरहेको छ । त्यससँगै अनलाइन कारोबारको माग पनि अहिले बढ्दै गएको छ । एक साताअघि गरिएको अध्ययनले युरोपमा अनलाइन बिक्री ५२ प्रतिशतले बढेको देखिएको छ भने ८ प्रतिशत अनलाइन पसलहरु थपिएका छन् ।
लकडाउनले अर्कोतर्फ अफिसको काम घरमै बसेर गर्ने ट्रेन्डसमेत बढाएको छ । अनलाइनमार्फत् सबैभन्दा कम काम हुने अफ्रिकी मुलुकमा समेत पछिल्लो लकडाउनपछि यो क्रम २१ प्रतिशतले एउटा अध्ययनले देखाएको छ ।
पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोगले कार्यक्षेत्रमै गएर गर्नुपर्ने कामको दायरा पनि खुम्चिँदै गएको छ । त्यसले गर्दा केही एउटा अध्ययनले अमेरिकामा मात्रै घरमा बसेर गर्न सकिने ५० भन्दा बढी कामहरु देखाएको छ जसको प्रतिफल औसत प्रतिफलभन्दा बढी हुने गरेको छ । तर घरमै बसेर काम गर्दा अफिसमा गएर गर्दाको प्रभावकारिता र उत्पादकत्वमा कस्तो फरक छ त ?
अनुसन्धानले अफिसमा गएर काम गर्ने भन्दा घरबाटै काम गर्नेले धेरै आराम गर्नसक्ने र बढी उत्पादकत्व दिनसक्ने दाबी समेत गरेको छ । घरमा काम गर्नेले अफिसमा गएका कर्मचारीभन्दा दैनिक ४ मिनेट बढी आराम गर्ने गर्छन् । यति हुँदाहुँदै पनि उनीहरुले अफिसमा गएर काम गर्नेले भन्दा उनीहरुले महिनामा १.४ दिन अर्थात् १ वर्षको १६.८ दिन बढी काम गर्ने गरेको समेत उक्त अनुसन्धानको दाबी छ ।
अफिसमा गएर काम गर्नेले दैनिक औसत १ घण्टा अवधि अफिस जान, आउन र त्यसको तयारी गर्नको लागि छुट्याउने गरेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । त्यसमध्ये सबैभन्दा धेरै हिस्सा ट्राफिक जामका लागि खर्च हुने गरेको छ । यसरी प्रत्येक दिन बिहान अफिस जान र बेलुकी अफिसबाट फर्किदाको झन्झटिलो ट्राफिक जामले दिनभर काम गर्नुभन्दा बढी थकित बनाउने समेत अधिकांश कर्मचारीको मत रह्यो ।
घरमा बसेर आराम सहित काम गर्न पाउनुलाई आफ्नो सपना साकार हुनुजस्तो मान्दा रहेछन् कोही । एउटा अनुसन्धानले के देखाउँछ भने, जागिर छाड्ने एक चौथाइले घरबाट अफिस टाढा भएको र लामो यात्रा गर्नुपरेकै कारण जागिर छाड्छन् । कतिपयले घरबाट काम गरे पनि हुने र अफिसबाट काम गरे पनि हुनेगरी आफ्नो जागिरमा लचिलोपन खोजेको पाइयो ।
त्यसैले, यो भन्दा त घरमै बसेर काम गरे आफ्नो समय त वचत हुन्छ नि होइन ? दुःखको कुरा, धेरैजसो अफिसमा गएर गरिएको कामभन्दा घरमा बसेर गरेको काम कम उत्पादनशील भयो कि भन्ने डर कर्मचारीलाई हुँदो रहेछ ! तर धेरैजसो अध्ययनले ले त्यसको उल्टो नतिजा देखाउँछ ।
स्वतन्त्र कामदारका (फ्रिलेन्स वर्कर) को प्लेटफर्मको रुपमा रहेको एयरटास्करले गरेको अध्ययनमा घरभन्दा टाढा अफिस हुने कर्मचारीहरुका हकमा घरमा बसेर गर्ने काम बढी प्रभावकारी भएको पाइयो । एयरटास्करले करिब १ हजार जनामा उक्त प्रश्न सोधेकोमा बहुमतले घरबाटै गरिने कामलाई आफूले बढी प्राथमिकता दिने बताए ।
अर्को कुरा, घर र कार्यालयको समय व्यवस्थापन गर्न नसक्दा पारिवारिक मनमुटाव र बेमेल सिर्जना हुन्छ । त्यसैले घरमा बसेर गरिने कामले परिवारमा समस्या ल्याउँछ भने यसले मनोवैज्ञानिक अवस्थालाई समेत नाजुक बनाउँदै जान्छ । एयरटास्करकै अनुसन्धानमा सहभागी २९ प्रतिशतले आफूलाई त्यस्तो समयको व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको समेत बताएका थिए ।
अनुसन्धानले अफिसमा गएर काम गर्ने भन्दा घरबाटै काम गर्नेले धेरै आराम गर्नसक्ने र बढी उत्पादकत्व दिनसक्ने दाबी समेत गरेको छ । घरमा काम गर्नेले अफिसमा गएका कर्मचारीभन्दा दैनिक ४ मिनेट बढी आराम गर्ने गर्छन् । यति हुँदाहुँदै पनि उनीहरुले अफिसमा गएर काम गर्नेले भन्दा उनीहरुले महिनामा १.४ दिन अर्थात् १ वर्षको १६.८ दिन बढी काम गर्ने गरेको समेत उक्त अनुसन्धानको दाबी छ ।
अफिसमा काम गर्नेले खाजा खाने समय बाहेक पनि दैनिक ३७ मिनेटको समय कामविहीन (आइडल) भएर बस्ने गरेको अनुसन्धानले देखाएको छ । जबकी घरमा बस्नेले २७ मिनेट मात्रै त्यसरी आइडल भएर बस्ने गरेको पाइएको छ । यसले दैनिक १० मिनेट थप बचत समेत गरेको छ ।
तर, घरबाट हुने काम बढी प्रभावकारी हुनुको कारण के हो त ? अनुसन्धान भन्छ, त्यसमा २/३ वटा कुरा बढी महत्त्वपूर्ण छ, त्यो हो आवतजावत गर्ने समय, अनावश्यक शुक्ष्म निगरानीबाट मुक्ति र आराम गर्ने समयको ‘रिसेड्युल’ गर्ने छुट ।
अफिस जान र आउन लाग्ने समय बचत हुने कुरामा त दुईमत नै रहेन । उक्त समय कर्मचारीले आफ्नो व्यक्तिगत स्वास्थ्य, व्यायाम, सरसफाइ र मनोरञ्जनमा बढी समय दिन सक्छ ।
अर्कोतिर, घरमा बसेर काम गर्दा कर्मचारीले आफुलाई आत्मअनुशासनमा राख्नसक्ने र यसले नेतृत्व क्षमतालाई समेत विकसित गर्दै जाने गरेको समेत जनाइएको छ । सो अनुसन्धानमा १७ प्रतिशत कर्मचारीले कार्यक्षेत्रमा हुने त्यस्तो निगरानी आफूलाई पटक्कै मन नपरेको समेत बताए ।
बचतको हिसाबले हेर्ने हो भने घरमा बसेर गर्ने कामले थप लाभ दिनसक्ने समेत अनुसन्धानमा देखाइएको छ । घरमा बसेर काम गर्नेले अफिस जाँदा र आउँदा हुने इन्धनको खपत वा सार्वजनिक सवारीको भाडाको बचत गर्नसक्ने भएकोले त्यसले यस्तो कामलाई थप उत्पादनशील बनाउने गरेको समेत सो अनुसन्धानको दाबी छ ।
यद्यपि समस्या छन्
के त्यसो भए घरमा बसेर काम गर्न पाउनु अहोभाग्य नै हो त ? त्यसो पनि होइन । अनुसन्धानको दाबी के छ भने घरमा बसेर काम गर्नेहरुलाई दुईवटा समस्या छ । एउटा आफ्नो कामको प्रोडक्टिभिटिबारे उनीहरुलाई शंका रहन्छ । अर्को उनीहरुले घरको समय र अफिसको समयलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् । यी दुई कारणले गर्दा उनीहरु मनोवैज्ञानिक रुपमा विक्षिप्त भइरहेका हुन्छन् जति अफिसमा गएर काम गर्नेहरु हुँदैनन् ।
अफिसमा गएर काम गर्नेले अन्य सहकर्मीहरुको कामलाई आफ्नो कामसँग तुलना गर्छन् । यस्तो तुलनाले आफ्नो काम कति धेरै हो वा कति कम हो भन्ने उनीहरुलाई थाहा हुन्छ । त्यसैले उनीहरुले आफ्नो कामलाई औसत उत्पादकत्वसँग ‘म्याच’ गर्छन् । अनुसन्धान त्यसैले त्यस्तो भयबाट मुक्त हुन्छन् ।
अर्को कुरा, घर र कार्यालयको समय व्यवस्थापन गर्न नसक्दा पारिवारिक मनमुटाव र बेमेल सिर्जना हुन्छ । त्यसैले घरमा बसेर गरिने कामले परिवारमा समस्या ल्याउँछ भने यसले मनोवैज्ञानिक अवस्थालाई समेत नाजुक बनाउँदै जान्छ । एयरटास्करकै अनुसन्धानमा सहभागी २९ प्रतिशतले आफूलाई त्यस्तो समयको व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको समेत बताएका थिए ।
अहिले विश्वमा चलिरहेको महामारी कहिलेसम्म लम्बिने हो भन्ने अहिलेसम्म कसैलाई पनि थाहा छैन । हुनसक्छ, यो छोटो अवधिमै अन्त्य पनि हुन सक्छ वा लामो समय लिन पनि सक्छ । तर, जति नै समय लिए पनि घरमा ‘बन्दी’ हुनुपर्दाको समयलाई उत्पादनशील बनाएर आर्थिक उपार्जन गर्ने चाहना सबैमा हुनसक्छ । तर त्यसको ‘साइड इफेक्ट’लाई कम गर्दै आफूलाई व्यस्त र मस्त राख्न कति सक्षम हुनुहुन्छ, त्यो चाहिँ तपाइँकै भरमा पर्छ है !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी