बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाडमा बोकोहरामको भीषण आक्रमण, ९२ सैनिकको मृत्यु

बुधबार, १२ चैत २०७६, २३ : ०९
बुधबार, १२ चैत २०७६

एजेन्सी । जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।  राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो । 

घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन् । 

‘आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ’ राष्ट्रपति ईट्नोले मंगलवार भने । उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो  । 

उनले घटनास्थल क्षेत्रको भ्रमण समेत गरेका छन् । नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप