शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काबुलस्थित शिख मन्दिरमा आक्रमण, २७ जनाको मृत्यु

बुधबार, १२ चैत २०७६, २३ : ०१
बुधबार, १२ चैत २०७६

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए ।

घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् । एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको उल्लेख छ । अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै चार जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप