बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा कोरोनाका ८५ संक्रमित थपिए

बुधबार, १२ चैत २०७६, २१ : ०६
बुधबार, १२ चैत २०७६

युएईमा बुधबार कोभीड–१९ कोरोना भाइरसका ८५ जना नयाँ बिरामी फेला परेका छन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ सय ३३ पुगेको छ । बुधबार ७ जना उपचारबाट कोरोना मुक्त भएका छन् । 

युएई सरकारका स्वास्थ्य प्रवक्ता डाक्टर फारिदा अल होसनीले नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार ७ जना कोरोनामुक्त भएको र कोरोनाबाट ठिक हुनेको संख्या ५२ पुगेको जानकारी दिइन् । 

अल होसनीले भाइरसको रोकथामका लागि सरकारले सतर्कता अपनाइरहेको बताइन् । उनले सर्वसाधारणलाई सरकारले स्विकृति दिएका परीक्षण विधिको प्रतिक्षा गर्न र विज्ञापनमा गरिएका अन्य परीक्षण विधि प्रयोग नगर्न आग्रह गरिन् ।

‘संसारभर प्रचलित परीक्षण भनेकै पीसीआर (पोलिमिरेस चेल रिएक्सन) परीक्षण हो । हामी अन्य केही तिव्र परीक्षण विधीको परीक्षण गर्दैछौ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप