शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै स्वास्थ्य समस्या थिएन, कोरोनाले सिधै लियो २१ वर्षीया युवतीको ज्यान

बुधबार, १२ चैत २०७६, २० : ४७
बुधबार, १२ चैत २०७६

बेलायतमा कोरोना भाइरसका कारण २१ वर्षीया युवतीको मृत्यु भएको छ । यी युवतीमा अन्य कुनै स्वास्थ्य समस्या वा रोग नरहेको उनको परिवारले जनाएको छ । 

क्लोय मिडिलटनको मृत्युबाट अन्य व्यक्तिले सिक्नुपर्ने उनकी आमा डायना मिडिल्टनले बताएकी छिन् । 

‘जसले कोभीड–१९ लाई केवल भाइरसमात्रै सोच्नुभएको छ, तपाईहरुले पुनर्विचार गर्न जरुरी छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘आफ्नै अनुभवलाई लिएर भन्छु, यो भाइरसले मेरी स्वस्थ र कुनै रोगको लक्षण नरहेकी २१ वर्षीया छोरीलाई लिएर गएको  छ ।’

बकिङह्याम्सायरस्थित हाई वाइकम्बेको यो परिवारले महामारी रोकथामका लागि घरको ढोका थुनेर बस्न सबैलाई आग्रह गरेको छ ।  ‘कृपया सरकारको नियम मानेर आफ्नो सुरक्षा गर्नुहोस् । यो आफैं भाइरस फैलिएको छैन, मानिसले फैलाइरहेका छन् ।'

पछिल्लो तथ्यांकअनुसार बेलायतमा कोरोबाट ४ सय २२ जनाको मृत्यु भइसकेको छ । ८ हजार ७७ जनामा संक्रमण देखिएको छ । बेलायतका राजकुमार चाल्र्समा समेत कोरोना भाइरसको संक्रमण देखिएको क्लेरेन्स हाउसले बुधबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

स्रोत : द सन

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप