बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्क तथा वित्तीय संस्थाहरुलाई चैत मसान्तसम्म कर्जाको सावा र ब्याज असुली नगर्न निर्देशन

बुधबार, १२ चैत २०७६, २० : ४४
बुधबार, १२ चैत २०७६

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप