केन्द्रीय संस्करण

हाम्रो पात्रोमा घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि 'Ncell CALL TOडाक्टर' सेवा प्रयोग गर्न सकिनेछ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा जानुहोस् अथवा यो लिंक खोल्नुभई आफ्नो समयानुसार अनलाइन बस्नुभएका नेपाल चिकित्सक संघमार्फत जुट्नुभएका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ । डाक्टर अनलाइन हुनुभएको खण्डमा 'डाक्टरलाई कल गर्नुहोस्' बटन थिचेर केवल एक क्लिकमैं भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझै राख्नसक्नुहुनेछ ।

यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना (COVID-19) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि Ncell सँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो । यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिनुहुन र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका एकमात्र सहारा हाम्रा तमाम डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि हामीले प्राथमिकता दिइनेछ भन्ने आशा छ । अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून भन्ने उद्देश्य हो हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय हो । तपाईं घरमा बस्नु नै आफू र अन्यलाई संक्रमणको सम्भावनाबाट जोगिनु हो । यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध Ncell CALL TOडाक्टर सुविधा प्रयोग गर्नुहोस् र यसबाट जोगिन र अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्नुहोस्ः हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकरराज उप्रेतीले बताए ।

'यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी हाम्रा नायक डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहनुहुन्छ भने कृपया support@hamropatro.com, aregmi@hamropatro.com, skdevkota@hamropatro.com मा इमेल गर्नुहोस् । हामी यो Ncell CALL TOडाक्टर सेवामा आवद्ध कसरी हुने र कसरी प्रयोगकर्ताहरुका जिज्ञासालाई सम्बोधन गर्ने बारे थप जानकारी दिनेछौं । अथवा यहाँहरुले सिधै नेपाल चिकित्सक संघको फेसबुक पेजमा पनि सन्देश पठाउन सक्नुहनेछ,' उप्रेतीले आह्वान गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.