बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनबारे प्रहरीमा भ्रम: बल प्रयोग गरेर खाद्यान्न पसल बन्द गराउँदै (भिडियोसहित)

बुधबार, १२ चैत २०७६, १९ : ०९
बुधबार, १२ चैत २०७६

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको साताब्यापी लकडाउन बारे प्रहरीमा भ्रम रहेको पाइएको छ । राजधानीका कतिपय स्थानमा प्रहरीले खाद्यान्न पसल समेत बन्द गराउन थालेको छ ।  बुधबार ललितपुरको ग्वार्को चोकमा नेत्रकुमारी गौतमले सानो फलफूलसहित खाद्य सामग्री खोलेकी थिइन् ।

चोकमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक मिलन फुँयालसहितको प्रहरी टोली गएर उनलाई पसल बन्द गर्न दवाव दिए । गौतमले आफ्नो फलफुल पसलमा अंगुर स्याउ सुन्तला कुहिने भएकोले बिक्री गर्न दिन आग्रह गरिन । तर प्रहरी आफै सटर तान्न थाले । उनीहरुले पसल बन्द गराउन दवाव दिएको भिडियो खिच्न थालेपछि प्रहरी पछि हटे ।  

कोरोना रोकथामका लागि गरिएको लकडाउनमा सरकारले खाद्यान्न पसल बन्द गर्न भनेको छैन । अत्यावश्यक खाद्य सामग्री खरिदका लागि सर्वसाधरण घर बाहिर निस्कन सरकारले रोक पनि लगाएको छैन । सरकारले दिएको निर्देशनमा खाद्य सामग्री पसल बन्द गर्न कतै पनि भनिएको पनि छैन । तर प्रहरी भने बल प्रयोग गरेर खाद्य सामग्रीको पसल बन्द गराउन खोज्दै थिए । प्रहरी भन्दै थिए, पसल बन्द गरेर घरमा सुत्नुस् । 

सरकारले गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले खाद्यान्न पसल बन्द गर्न सरकारले नभनेको बताउँदै खाद्यान्न पसल बन्द गरेको आश्चर्र्य लागेको बताएका छन् । 

संक्रमण फैलिने डरका कारण धेरै भिडभाड नहोस भनेर सरकारले लकडाउन गरेपनि खाद्यान्न तथा अत्यावश्यक सेवाका पसल खोल्न भने रोक लगाएको छैन । 
हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप