बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किष्ट अस्पताल कोरोनाभाइरस संक्रमितको उपचार गर्न तयार, फिबर क्लिनिक संचालनमा

बुधबार, १२ चैत २०७६, १८ : २७
बुधबार, १२ चैत २०७६

काठमाडौं– किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अवलम्बन गरि संक्रमित विरामीको उपचार गर्न तयार रहेको जनाएको छ ।

कोभिड–१९को संक्रमणलाई डब्लुएचओको स्ट्याण्डर्ड प्रोटोकल बमोजिम उपचार गर्न यस रोगको संक्रमण सम्भावना भएदेखि नै अस्पतालले अस्पताल निर्देशकको समन्वयमा ‘कोभिड–१९ नियन्त्रण समन्वय समिति’ गठन गरी कोभिड–१९को उपचार तथा रोकथाममा अधिकत्म प्रयत्नरत रहँदै आएको विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

हाल सम्पूर्ण मुलुक लक डाउनको स्थितिमा रहेका बेला कोभिड–१९को स्क्रिनिङका लागि अस्पतालले फिवर क्लिनिक संचालन गरी सर्वसाधरणलाई विषेश सेवा दिइरहेको जानकारी गराएको छ ।

अस्पतालले प्रथम चरणमा ५ वटा बेड भएको आइसोलेसन वार्डबाट सेवा सुरु गरेकोमा हाल आएर थप ६० बेडको डेडिकेटेड आइसोलेसन वार्ड(जसका लागि डेडिकेटेड लिफ्ट छुट्याइएको) र २२ बेडको आई.सी.यू उपलब्ध गराई सेवा दिइरहेको जनाएको छ । 

केही समयदेखि केही संचार माध्यममा अस्पतालले श्वास प्रश्वासका सम्वन्धि विरामीलाई भर्ना नलिएको भन्ने समाचार प्रसारण भएकोमा त्यो भ्रामात्मक भएको र त्यस विषयमा अस्पतालको ध्यानाकर्षण भएको पनि अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ । 

यस संक्रमणको घडिमा चिकित्सा सेवा प्रदान गर्ने सम्पूर्ण टोली सदस्यहरुः चिकित्सक, नर्स, प्राविधिक, सरसफाई कर्मचारी र अन्य सहयोगी कर्मचारीहरु सबैको स्वास्थमा ध्यान दिई विरामीहरुको सम्भव भएसम्मको उपचारमा रात दिन खटीई रहेको अस्पतालले जनाएको छ । 

फिवर क्लिनिकका अलावा अस्पतालले दिने अन्य विशेषज्ञ सेवाहरु जस्तैः प्रसुति, खोप, इमर्जेन्सी शल्यक्रिया, हेमो डायलाइसीस आदि सेवा समन्वयात्मक डंगले सुचारु भइरहेको पनि अस्पतालले जनाएको छ । 

त्यसैगरी, उपचारमा खटिने चिकित्सक टोलीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु (पीपीई) स्थानीय बजारमा नपाईरहेको अवस्थामा स्थानीय सरकार एवं नेपाल सरकारलाई ताकेता गरी उपलब्ध गराइदिन अस्पतालले अनुरोध गरेको छ । संकटको अवस्थामा अस्पतालले आफ्नै केही त्यस्ता साधनहरु ज्स्तोः प्रोटेक्टिभ ग्लोभ्स, ह्यान्ड स्यानिटाइजर आदि समेत निर्माण गरी प्रयोगमा ल्याएको अस्पतालले जनाएको छ ।

अस्पतालले कोभिड–१९को संक्रमण विरुद्धको युद्धमा खटिने टोलीलाई पीपीई रुपी हतियार निजी अस्पतालहरुलाई पनि उपलब्ध गराई सेवा गर्ने अवसर दिन पनि अपिल गरेको छ ।

संक्रमणलाई नियन्त्रण गर्न अस्पतालका विशेषज्ञ चिकित्सक १२०, मेडिकल अफीसर ३५, इन्र्टन चिकित्सक ७०, नर्स १५०लगायत अन्य प्राविधिक, प्रशासनीक कर्मचारीहरुसहित अस्पताल परिवार तयार रहेको पनि अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप