शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका विभिन्न नाकाबाट १ लाख ४० हजार नेपाली नागरिक स्वदेश फिर्ता

बुधबार, १२ चैत २०७६, १६ : ४४
बुधबार, १२ चैत २०७६

काठमाडौं । लकडाउन हुँदासम्म सुदूरपश्चिम प्रदेशका मुख्य नाकाबाट मात्रै एक लाख ४० हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । 

सुदूरपश्चिमका गौरीफण्टा,धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाट तथा बैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

‘यो ठूलो संख्या हो । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला, चितवन र प्रदेश नं २ सम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ र खुशीको कुरा यसमा संक्रमित कोही पनि नरहेको स्पष्ट गर्नुभएको छ,’ सल्लाहकार थापाले भनेका छन् । 

त्यस्तै उनले अब स्थानीय सरकारहरूले आ–आफ्नो पालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्नु अत्यावश्यक भएको बताएका छन् ।

 ‘सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको छ । 

अहिले सीमानाकाबाट प्रवेश गरेका दिदीबहिनी तथा दाजुभाइहरूलाई आआफ्नो जिल्ला र गन्तव्यसम्म पुग्न सहजीकरण गरिएको सहज स्थिति रहेको छ । यसमा प्रदेश सरकार, प्रशासन र सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको छ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप