शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३१ घण्टा पैदल हिँडेर घरतिर

बुधबार, १२ चैत २०७६, १६ : ३४
बुधबार, १२ चैत २०७६

गुल्मी । बुधवार दिउँसो पौने दुई बजेको समयमा बुटवलतर्फबाट गुल्मीको सदरमुकाम तम्घास आउनु  भन्दा करिव एक किलो मिटर दूरीमा पर्ने ह्वाक्नेछहराको खोला तरेर तीन चार जना युवा हिँडेर आउँदै थिए । उता  उर्लेनी गाउँको गोरेटो बाटोबाट पनि  छ–सात जनाको टोली हिँडेर आउँदै थियो । यस्तै अगाडि पुगिसकेका कोही भने भारी भूईँमा बिसाएर रुमालले पसिना पुछ्दै थिए ।

 सबैको साथमा झोला र केही बोराका भारी पनि थियो ।  कहाँ बाट आउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जवाफ आयो– स्याङ्घजाबाट  । कहाँ पुग्ने हो ?– प्युठान  । स्यास्याङ्घजाबाट कति बेला हिँडेको हो ? – हिजो राति १० बजे । बास कहाँ बस्नु भएको हो ? – कहीँ बसेर्नौंै , सरासर हिँडेर यहाँसम्म आइपुगेका हौं ।  

  कति जना आउँदै हुनुहुन्छ ? – १२ जना छौं , कोही हामी भन्दा अगाडि छन्, कोही पछाडि आउँदै छन् । रिडी हुँदै आएका उनीहरुले बताए । 

गाडीको यात्रामा रिडी देखि  ४५ किलो मिटर दुरीमा पर्दछ सदरमुकाम तम्घास ।   स्याङ्घजाबाट रिडी सम्म एक घण्टा सहित ह्वाक्नेछहरा सम्म निरन्तर १५ घण्टाको बाटो हिँडेर आएको उनीहरुले बताए । 
तम्घासबाट अरु १६ घण्टा प्युठानको झिमुक्क पुग्न लाग्ने ती युवाहरुले बताए ।   झिम्रुक्क गाउँपालिकाको विभिन्न वडामा घर रहेको र सडक मजदुरीको काम गर्न स्याङ्घजा पुगेको उनीहरुले बताए  ।

  स्याङ्खजाको कालिगण्डकी गाउँपालिका मिर्मि वाइघा रिडी सम्म १७ किलोमिटर सडक कालोपत्रे सहितको स्तरोन्नोतति गर्ने कार्यमा उनीहरु खटिएका थिए । तर काम अहिले काम नभएपछि हिँडेरै घर फकिएको टोलीका एक युवा रुकमान केएमले बताए । 

 उनी सहित भुम्रुकका ढकबहादुर महतरा , मधु केएम, प्रदिप एमसी , बाबुराम रोका, विनबहादुर महतरा वलाराम रोका , हरि बिक , गिरिबहादुर सामत, कमल बस्याल, समर क्षेत्र सहित १२ जना हिँडेरै प्युठान जानेक्रममा गुल्मी आइपुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप