बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

बुधबार, १२ चैत २०७६, १५ : ३३
बुधबार, १२ चैत २०७६

–नारायण अधिकारी
चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि  होटल प्रयोग गर्न  दिने निर्णय गरेका हुन् । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टाइनका लागि चार हजार श्यया दिन सकिने छ । बैठकले तीन हजार श्यया केन्द्रीय सरकार र एक हजार श्यया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो । 

स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टाइनमा विशेषतः पूर्वि चितवनकै बासिन्दा हुनुपर्ने उनले बताए । कोरोनाको सङ्क्रमण रोक्न सरकारले मङ्गलबारदेखि देशभर  बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टाइनमा राख्न आह्वान गरेका हुन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो । 

सौराहामा ११५ वटा होटल रहेका छन् । ती होटलको क्षमता पाँच हजार ५०० हाराहारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो ।  देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष दुई लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप