युएईबाट नेपाल आएका थिए तेस्रा कोरोनाभाइरस संक्रमित
नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति युइईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
युएईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्यमन्त्रालयका सह—प्रवक्ता सागर दाहालले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । नमुना परीक्षण गरीएकामध्ये तीन जनामा मात्र कोरोनाभाइरस संक्रमित फेला गरेको प्रयोगशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण