कविता : हराएको डायरी
–नारायण पौडेल
त्यो डायरी,
जहाँ कोरिएका थिए आशाका अक्षरहरु
सँगै थिए पीडाका बेदना
अनि सपनाका किरणहरु ।
सम्झन्छु म आज त्यो डायरी,
जो मसँग साक्षात भएको भए
बुझ्ने थियो उसले उसको अभाबमा खड्केका यादहरु ।
अन्कन्टार जंगलमा कोरिएका सपनाका कथाहरुको यादमा,
प्रियसीको प्रेमको बहकावमा,संसार जित्ने अभिलाषमा
योजनाको दस्तावेजको रुपमा साथदिने डायरी आज हरायो कमरेड ।
हराएन यहाँ डायरी मात्रै,
डायरीसँगै हल्काराको सपना हरायो, जीवनै हरायो
अस्तित्वको लडाईमा हारेको फौजीझैं बनायो
सम्झनाका कुइनेटाले पलपल तड्पायो
आवरणभित्रको अनुभूति र अनुभबको अभिब्यक्ति, सुकको पातझैं बनायो ।
पिलोको पिपझैं जमेर रहेका मेरा विचार पोख्ने डायरी आज हरायो
संस्मरण र आक्रोस पोख्ने मेरो वृत हरायो,
मेरो आर्दशको कोट हरायो, खुद्रा चिन्तन हरायो
र अन्तमा मेरो परिचय मबाटै हरायो
किनकी मेरो मायालु डायरी हरायो कमरेड ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी