शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी नायिकाको ९ महिनाको गर्भ पूरा, कोरोनाबाट बिग्रिएको स्थिती देखेर भइन् भावुक

बुधबार, १२ चैत २०७६, १३ : १३
बुधबार, १२ चैत २०७६

टिभी नायिका स्मृति खन्ना अहिले गर्भवती छिन् । उनको ९ महिनाको गर्भ पूरा भइसकेको छ र अब उनले कुनै पनि बेला बच्चा जन्माउन सक्छिन् । उनी संसारभरी फैलिएको कोरोनाको संक्रमणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् ।

स्मृतिले यो विषयमा सोसल मिडियामा एउटा पोष्ट गर्दै आफ्नो चिन्ता व्यक्त गरेकी छिन् ।

‘मेरी आशिकी तुमसे ही’ बाट चर्चित भएकी स्मृतिले आफ्नो जन्मिन लागेको बच्चाको लागि विशेष मेसेज पनि लेखेकी छिन् । साथै, एउटा निकै सुन्दर मिरर सेल्फी सेयर गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hi Golu 🤭🤰💁🏻‍♀️ #9monthspregnant #almostthere #babybump #readytopop

A post shared by Smriti Khanna (@smriti_khanna) on

स्मृतिले लेखेकी छिन्, ‘डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भयावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ । तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन ।’

‘मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।’

उनी थप्छिन्, ‘यो संसारको अन्य आमाबारे पनि सोच्छु जा यस्तो अवस्थामा गर्भवती छन् किनभने हामीलाई थाहा छ कि गर्भावस्था पूर्ण रुपमा एक अनिश्चितताले भरिएको समय हो । यसमा रिस पनि समावेश हुन्छ । तर याद राख्नुहोस्, हामी एक साथ छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप