चौतर्फी विरोध र दवावपछि खुल्यो मुक्तिनाथ अस्पताल
बागलुङ । चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।
कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको बताएका थिए । उनले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको बताएका थिए । सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो ।
सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो । नगरप्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी