शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशः आईसोलेसनका लागि १०० बेड निर्माण

बुधबार, १२ चैत २०७६, १३ : ०२
बुधबार, १२ चैत २०७६

-टंक कुँवर 
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको कर्भडहलमा आइसोलेसनका लागि १०० बेड निर्माण गरेको छ । कोरोना भाईरसका बिरामीको उपचारका लागी सो बेड निर्माण गरिएको हो ।  उद्योग वाणिज्य संघको मैदानमा ५० र सेती अञ्चल अस्पतालमा १० बेड को व्यवस्था गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालवहादुर धामीले रातोपाटीलाई जानकारी दिए ।

मंगलवार मात्रै सिमा नाकामा अलपत्र परेका नेपालीलाई उद्दार गरिएकाहरुलाई निर्माणाधीन बेडमा राख्नेकी भन्ने सोच थियो तर जो जहाँका छन उतै राख्ने भनेपछि मर्ना नगरिएको सेती प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए । उनले सेती प्रदेशिक अस्पतालमा शंकाष्पद ८ जनालाई भर्ना गरिएको वताए । तीमध्ये ७ जनाको स्वाब परीक्षणको रिपोर्ट आईसकेको छ भने १ जनाको मात्र आउन बाँकी रहेको उनले बताए । परीक्षण गरिएका बिरामीमा स्वाब नेगेटिभ आएको उनले बताए । अहिलेसम्म सुदुरपश्चिममा कोरोना भाईरसका बिरामी नभेटिएको उनले बताए ।  त्यसैगरी कञ्चनपुरमा कोरोनाभाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ ।

 तयारी अवस्थामा राखिएका बेड आवश्यकताअनुसार क्वारेन्टाइन र उपचारका लागि प्रयोग गर्न सकिने जनाइएको छ । सरकारी र निजी अस्पतालका साथसाथै, खेलमैदान, विभिन्न नसिङ तथा प्राविधिक शिक्षालय र खुला क्षेत्रमा गरेर ७ सय ५० वटा वेड तयार गरिएको छ । यस्तै, गरेर पहाडका सात जिल्लामा थप ५÷५ बेड तयारी अवस्थामा रहेको  छ । यस्तै गरेर ठूलो क्षेत्रमा रहेको जिल्ला समन्वय समितिको कर्मचारी आवास क्षेत्रमा पनि वेड बनाउन तयारी शुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप