शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिना लकडाउन द.कोरियाले कोरोनालाई हरायो, ‘थर्मल इमेजिङ क्यामरा’ लगायो, दायाँको साटो बायाँ हातको प्रयोग सिकायो

बुधबार, १२ चैत २०७६, ११ : ३०
बुधबार, १२ चैत २०७६

ताइवानपछि दक्षिण कोरियाले जसरी कोरोना भाइरससँग लड्यो त्यसलाई आज संसारभरी मोडलको रुपमा हेरिएको छ । अहिले दक्षिण कोरियामा कोरोना संक्रमित देशको सूचीमा ८ औं स्थानमा छ । अहिलेसम्म ९ हजार ३७ संक्रमित भेटिएका छन् भने ३५ सय भन्दा बढी निको भइसकेका छन् । यहाँ अहिलेसम्म १ सय २९ जनाको मृत्यु भएको छ जबकी ५९ बिरामीको अवस्था गम्भीर छ । तर सुरुमा स्थिती यस्तो थिएन । ८–९ मार्चमा ८ हजार संक्रमित भेटिएका थिए । पछिल्ला दुई दिनमा यहाँ १२ नयाँ संक्रमित फेला परेका छन् । अचम्मको कुरा के छ भने आजसम्म यहाँ न त लकडाउन भएको न कुनै बजार बन्द भएका छन् ।

१० मिनेटमा परीक्षण, १ घण्टामा रिपोर्टः

दक्षिण कोरियाका विदेश मन्त्री कांग युंग वाका अनुसार छिटो परीक्षण र उत्कृष्ट उपचारका कारण संक्रमितको संख्या कम भएको हो जसका कारण मृतकको संख्या पनि कम भएको हो । उनले भने, ‘हामीले ६ सय बढी परीक्षण केन्द्र खोल्यौं । ५० बढी ड्राइभिङ स्टेशनमा स्क्रिनिङ गर्यौं । रिमोट कन्ट्रोल स्क्यानर र घाँटीको समस्या परीक्षण गर्यौं जसलाई जम्माजम्मी १० मिनेटको समय लाग्यो । एक घण्टाभित्र रिपोर्ट आउने व्यवस्था मिलायौं । हामीले हरेक स्थानका पारदर्शी फोनबूथलाई टेस्टिङ सेन्टरमा परिवर्तन गर्यौं ।’

हरेक स्थानमा राखियो थर्मल इमेजिङ क्यामराः

दक्षिण कोरियामा संक्रमण परीक्षणका लागि सरकारले ठूला भवन, होटल, पार्किङ स्थल र थर्मल इमेजिङ क्यामरा लगाइयो जसमार्फत् पीडित व्यक्तिको तुरुन्त पहिचान हुनसक्यो । रेष्टुरेन्टले पनि ग्राहकको ज्वरो नापेपछि ग्राहकलाई प्रवेशको व्यवस्था मिलाएको थियो ।

हात प्रयोगको तरिका भाइरल भयोः

दक्षिण कोरियाका विशेषज्ञले संक्रमणबाट बच्नका लागि हातको प्रयोगको तरिका पनि सिकाए । यस्तोमा यदि कुनै व्यक्तिले दायाँ हातबाट काम गर्छन् भने उनलाई मोबाइल चलाउन, ढोकाको ह्यान्डल समात्न र हरेक स–साना कामका लागि बायाँ हातको प्रयोग गर्न सल्लाह दिइयो । यसै गरी बायाँ हातले काम गर्ने व्यक्तिहरुलाई दायाँ हात प्रयोग गर्न भनियो । यस्तो यसकारण किनभने दैनिक कामकाजमा जुन हात प्रयोग हुन्छ त्यही हात सबैभन्दा पहिले अनुहारमा पनि जान्छ । यो तरिका निकै प्रभावकारी रह्यो जसका कारण सोसल मिडिया ह्वाट्सएपमा तीब्र रुपमा भाइरल भयो ।

परीक्षण किटको उत्पादन बढाइयोः

जनवरीमा पहिलो संक्रमित देखिएपछि सबैभन्दा पहिले औषधी कम्पनीले सहकार्य गरेर परीक्षण किटको उत्पादन बढाए । दुई हप्तामा जब संक्रमण बढ्यो तब हरेक स्थानमा परीक्षण किट उपलब्ध गराइयो । आज दक्षिण कोरियामा हरेक दिन दैनिक एक लाख परीक्षण किट बनिरहेको छ । १७ देशमा यसको निर्यात पनि सुरु हुँदैछ ।

 न बजार बन्द गरे न मानिसहरुलाई रोकियोः

कोरोना संक्रमित भेटिएपछि पनि दक्षिण कोरियाले एक दिनका लागि पनि बजार बन्द गरेन । मल, स्टोर, साना–ठूला पसल नियमति रुपमा खुल्ला रहे । मानिसहरुलाई बाहिर निस्कन र अन्य गतिविधिमा पनि रोक लगाइएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप