शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसियामा ७.५ म्याग्निच्युडको भूकम्प

बुधबार, १२ चैत २०७६, ११ : ०१
बुधबार, १२ चैत २०७६

बुधबार रसियाको कुरिल टापुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ ।

भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पको क्षती विवरण आउन बाँकी छ ।

सुरुमा सुनामीको चेतावनी जारी गरेपनि भूकम्पका कारण सुनामीको साना तरङ्गमात्रै आएको अब कुनै खतरा नरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप