बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आएका नेपाली जंगल र खोला हुँदै हिँडेरै गुल्मी पुगे

बुधबार, १२ चैत २०७६, १० : ५६
बुधबार, १२ चैत २०७६

बुटवल : भारतबाट  स्वदेश आई पुगेका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ । 

‘कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र जंगल हुँदै छिरेका छन् । मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न सकिएन ।’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज विहान बुटवल र  पाल्पा हुँदै हिँडेर गुल्मी प्रवेश गरेका २५ देखि ३० जनाको  टोलीलाई रिडीमा  स्वास्थ्य  परिक्षण गरिएको र उनीहरु पैदलयात्रामार्फत नै घरतर्फ लागेका छन् ।   

जिल्ला भित्रिएका उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ । मालिका गाउँपालिकाका प्रबत्ता एवं वडाध्यक्ष शोभाखर गिरिका अनुसार उनीहरुमध्ये करिव २५ जना त्यस गाउँपालिका भित्रका हुन् । वडाध्यक्ष गिरिले भारतबाट घर आएका उनीहरुलाई रुपन्देहीको क्वारेन्टाईनमा राख्न खोज्दा भागेर पाल्पा  हुँदै हिडेर आउँदै गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप