शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई घाइते

बुधबार, १२ चैत २०७६, ०८ : १७
बुधबार, १२ चैत २०७६

भक्तपुर सुर्यविनायक नगरपालिका –८ जगाती नजिकै अरनिको राजमार्गमा तेल सकिएर रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । 

मंगलबार राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकलाई सूर्यविनायकबाट साँगा जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

मोटरसाइकलमा सवार तीनै जना घाइते भएको र उनीहरुलाई डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको थियो । अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक घर भएका २८ वर्षीय उत्तर बहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरीय परिसर भक्तपुरले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सिन्धुपाल्चोक घर भएका २८ वर्षीय आकाश तामाङलाई थप उपचारका लागि केएमसी हस्पिटल सिनामंगल रिफर गरिएको प्रहरीले जनाएको छ । 

अर्का घाइते ११ वर्षीय कोलसङ डोल्मा तामाङ भने उपचारपछि डिस्चार्ज भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप