घरभित्रै बस्दा परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या

काठमाडौं – अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् ।
परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् ।
तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।” कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ ।
यस्तो बानी ठीक नभएको उनको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे ।” कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट